एजेन्सी । इङ्ल्याण्डबिरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टी क्रिकेट अष्ट्रेलियाले जितेको छ । मंगलबार साउथह्याम्टनमा भएको अन्तिम खेल पाहुना टोली अष्ट्रेलियाले ५ विकेटले जितेको हो ।यो नतिजासंगै तीन म्याचको सिरिज घरेलु टोली इङ्ल्याण्डले २–१ ले जितेको छ ।

अष्ट्रेलियाले ५ विकेट गुमाएर ३ बल बाँकी छदै लक्ष्य पुरा गर्यो ।कप्तान आरोन फिन्च र मिचेल मार्सले समान ३९ रन बनाएको इनिङ्समा मार्कुस स्टोनिसले २६, एस्टन एगरले १६ र मेथ्यु वेडले १४ रन बनाए । अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।इङ्ल्याण्डले अदिल रसिदले सर्वाधिक ३ विकेट लिए । मार्क उड र टम कुरानले समान १–१ विकेट लिए ।

यसअघि, इङ्ल्याण्डले पहिलो ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।जोनी बेयरस्टोले सर्वाधिक ५५ रन बनाएको इनिङ्समा जो डेनलीले अविजित २९, मोइन अलीले २३ तथा डविड मालनले २१ रन बनाएका थिए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

अष्ट्रेलियाका एडम जाम्पाले २ तथा मिचेल स्टार्च, जेस हेजलउड, केन रिचर्डसन र एस्टन एगरले समान १–१ विकेट हात पारेका थिए ।अष्ट्रेलियाले टी(ट्वान्टी सिरिजपछि अब इंग्ल्यान्डसँग एकदिवसीय सिरिज खेल्नेछ । एकदिवसीय सिरिज सेप्टेम्बर ११ बाट सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here