काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।आईसीसीले मंगलबार अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपालको २३ खेलमा १ सय ८० रेटिङ अंक रहेको छ ।

नयाँ वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो ।नेपालको टी-ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो ।एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा रहेका छन् ।

यस्तै अष्ट्रेलिया टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा फर्किएको छ ।इंग्ल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो टी-ट्वान्टीमा ५ विकेटको जित निकालेसँगै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो ।सिरिज अन्तर्गत नै अघिल्ला दुई खेलमा जित निकालेपछि इंग्ल्यान्ड वरीयताको शीर्ष स्थानमा रहेको थियो ।

अष्ट्रेलियाको २२ खेलमा २ सय ७५ रेटिङ अंक छ । दोस्रो स्थानको इंग्ल्यान्डको समान खेलमा २ सय ७१ रेटिङ अंक रहेको छ ।यस्तै नयाँ वरीयतामा भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here